गृहपृष्ठ Featured रोकिराखेको ट्र्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

रोकिराखेको ट्र्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

प्रकाशित मिति:

सर्लाही ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

ट्रकमा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालकसमेत रहेका मुकेशको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । अस्पताल ल्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मोटरसाइकलमा पछाडि सवार सुनीलको पनि टाउको, चिउँडो, नाक र हातमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

ट्रकमा मोटरसाइकल ठोक्किँदा हरिवन नगरपालिका–११ बस्ने २८ वर्षीय मुकेशकुमार गुप्ता र सोही ठाउँका ३५ वर्षीय सुनीलकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लालबन्दी नगरपालिका–१७ कालिन्जोरस्थित राजमार्गमा बिग्रेर रोकिराखेको बीआर०६जीडी३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश–२–०३–००४–५३५५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो ।

सम्बन्धित् समाचार