गृहपृष्ठ Featured जुम्लामा अटो दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

जुम्लामा अटो दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

जुम्ला ।

जुम्लाको हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्  ।

मृत्यु हुनेमा हिमा १ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका १ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा १ बड्कीमा दुर्घटना भएको उनले बताए । दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार