गृहपृष्ठ Featured विश्वकपमा आज : भारत र दक्षिण अफ्रिका भिड्दै

विश्वकपमा आज : भारत र दक्षिण अफ्रिका भिड्दै

प्रकाशित मिति:

एकदिवसीय विश्वकपको उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका आज भिड्दैछन् । खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो २:१५ बजे सुरु हुनेछ । दुवै टोली लिग चरणका ३६ खेल सकिएपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।

दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ । यस्तो अवस्थामा आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ । लिग चरण पनि यही स्थानमा समाप्त गर्न सक्नेछ ।

सन् १९९२ को एकदिवसीय विश्वकपमा भारत र दक्षिण अफ्रिकाको टोली पहिलो पटक आमनेसामने भएका थिए, खेलमा भारत पराजित भएको थियो । त्यसपछि सन् २०११ सम्म विश्वकपमा दुई टोली तीन पटक आमनेसामने भए । तीनै खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । सन् २०१५ र २०१९ को विश्वकपका दुवै खेलमा भने भारतले जितेको थियो। आजको खेल जिते भारतले प्रतियोगितामा दक्षिण अफ्रिकामाथि जितको ह्याट्रिक गर्नेछ ।

सम्बन्धित् समाचार