गुल्मी ।
गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।
गुल्मी दरबार गाउँपालिका-७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा दुई वटा माेटरसाइकलसहित पसलका सामान जलेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगलागी हुँदा नगद दुई लाख रुपैयाँसहित सुन, चामल र लत्ताकपडालगायत गरी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको हाे।
गएराति १२ बजेतिर लागेकाे आगाे दमकल, स्थानीय र प्रहरीकाे सहयाेगमा चार घण्टापछि निभाइएकाे थियाे । कसरी आगलागी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले बताउनु भएकाे छ ।