गृहपृष्ठ Featured बाणगंगाको कार्यपालिका बैठक सम्पन्न : यस्ता छन् महत्वपुर्ण निर्णयहरु

बाणगंगाको कार्यपालिका बैठक सम्पन्न : यस्ता छन् महत्वपुर्ण निर्णयहरु

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बुधबार नगरपालिकाको विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा अघिल्लो बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको समिक्षा गरेको छ । उनले समिक्षामा जनअपेक्षा अनुसार नै बैठकका निर्णयहरु कार्यान्वयन भएको बैठकले निष्कर्ष निकालेको बताए । बैठकमा संघीय मन्त्रालय एवम् आयोगहरुबाट प्राप्त परिपत्रहरुबारे जानकारी गराईएको छ ।

प्रवक्ता पौडेलले नगरको लोगो छनोटका लागी वडा नं.७ का वडाध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति बनाईएको जानकारी दिए । जसको सदस्यहरुमा वडा नं.६ का वडाध्यक्ष करुण टण्डन, वडा नं.१० का वडाध्यक्ष यमप्रसाद पोख्रेल, कार्यापालिका सदस्य शान्ता पाण्डे र नगरपालिका सुचना प्रविधि अधिकारी मिलन पोख्रेल रहेका छन् ।

बैठकले पशुचौपया नियन्त्रण, व्यवस्थापन तथा पुर्वाधार निर्माण कार्यविधि ‘२०७९’ लाई संशोधनसहित पारित गरेको छ । यस्तै बैठकले पशुपंक्षी तथ्याङ्क संकलन निर्देशिका २०८० लाई स्वीकृत गरेको छ । उनले अब तत्काल नगरपालिका भित्रका रहेका सम्पुर्ण पशु तथा पंक्षीहरुको तथ्याङ्क लिने काम सुरु गर्ने बताए ।

बैठकले नगर युवा परिषद संचालन कार्यविधि २०८० लाई समेत पारित गरेको छ ।

यसअघि नगरपालिकाले आकस्मिक बैठक बसेर जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । बुधबारको कार्यपालिका बैठकमा पनि नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृृत भक्तिराम मरासिनीले मृतकप्रति श्रदाञ्जिली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सम्बन्धित् समाचार