वैखरी अनलाईन, बाणगंगा ।
जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई कपिलवस्तुको कृष्णनगर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सो क्षेत्रमा रहेका भुकम्प प्रभावितलाई केही राहतहोस् भन्ने उद्देश्यले ५ लाख रुपैयाँ सहयोग गर्ने पालिकाले निर्णय गरेको नगर प्रमुख रजत प्रताप शाहले वैखरीलाई जानकारी दिए ।
उनले भुकम्पबाट धेरै जनधनको क्षति भएको बताउँदै घरबारविहिन बनेका भुकम्प पिडितलाई सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।
विषम परिस्थितिमा आ–आफ्नो स्तरबाट सहयोेग गर्नुपर्ने उनको भनाई छ ।








