गृहपृष्ठ Featured आज धन त्रयोदशी अर्थात धनतेरस

आज धन त्रयोदशी अर्थात धनतेरस

प्रकाशित मिति:

काठमाडौं ।

नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चको हरेक दिनको विशेष मान्यता रहेको छ ।

आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशीभइ धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।

आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ । यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफुले नै राख्नुपर्ने मान्यता रहेको छ ।

सम्बन्धित् समाचार