सलमानको फिल्म करिअर ३५ वर्ष पुगेको छ । पछिल्लो ६ वर्षमा उनका कुनै पनि फिल्मले ब्लकबस्टर कमाइ गर्न सकेका छैनन् । ‘किसी का भाइ किसी की जान’, रोध : योर मोस्ट वान्टेड भाइ, रेश ३, भारत र दबंग ३ ले खास कमाउन सकेनन् । यसर्थ, सलमानका लागि ‘टाइगर ३’ महत्वपूर्ण छ ।
यसबारेमा बालाले भने, ‘टाइगर ३ उनका लागि निकै महत्वपूर्ण छ । शाहरुख खानले एक हजार करोड हिट दिएका छन्, त्यसैले प्रतिस्पर्धा बढी छ । टाइगर ३ ले कम्तीमा ७०० करोड भारु कमाउनुपर्छ, नभए एक हजार करोड भारु । त्यो उनको लागि राम्रो हुनेछ । यो एक फ्रेन्चाइजी पनि हो, त्यसैले आशा छ कि यसले उसलाई त्यो स्तरमा पुर्याउन सक्छ ।’
अक्षय राठी भन्छन्, ‘नि:सन्देह उनले सुपरस्टारको कदजस्तो हिट फिल्म दिएनन् । तर यो ठूलो निर्माण कम्पनी हो । म पक्का छु कि उनको स्टारडम टाइगर ३ बाट फर्किनेछ ।’
नेपालमा बिहीबार बेलुकादेखि नै अग्रिम टिकट बिक्री खुला भएको छ । अग्रिम बुकिङको ट्रेन्ड हेर्दा पहिलो दिन नेपालमा ‘टाइगर ३’ को ओपनिङ एक करोडदेखि डेढ करोड रुपैयाँको बीचमा हुन सक्छ ।