कपिलवस्तु ।
१२ औँ कपिलवस्तु डान्स आइडलको तयारीलाई तीब्र पारिएको छ । १४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षकको रुपमा रहने आइडलको लागि फर्म खुलेको र मंसिर ५ गते विहान १०ः०० बजेदेखि अडिसन हुने भएसँगै तयारी तीव्र भएको हो ।
आगामी मंसिर २१ गतेदेखि पुष १ गतेसम्म चारनम्बरको जितपुर बुद्ध रंगशालामा हुने महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहेको कपिलवस्तु डान्स आइडलमा सहभागिताका लागि फर्म खुलेको डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले डान्स आइडलमा सहभागितका लागि इच्छुकले मोबाइलमा सम्पर्क गरेर पनि सहभागिताको लागि नाम टिपाउन सक्ने बताए ।क्षेत्रीले डान्स आइडललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी आफूहरु व्यापक सक्रिय भएर लागेको बताए ।तिहार पर्वका कारण कार्तिक २६ गतेदेखि गर्ने भनिएको अडिसन मंसिर ५ गते गर्ने गरी तालिका निर्धारण भएको क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी आफूहरु लागेको शैक्षिक संस्था, डान्स एकेडमी, विभिन्न क्लब लगायत इच्छुकले आयोजक बाणगंगा वेयलफेयर सोसाइटीको कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।
आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर बाणगंगाको चर्चित र पुरानो क्लब हो ।
आइडल संयोजक सम्पर्क नम्बरः 9821912295
सचिवालय सम्पर्क नम्बरः 076-550389