गृहपृष्ठ Featured उपभोक्ता हित संरक्षण मंच बाणगंगाको अध्यक्षमा कुलराज भुसाल

उपभोक्ता हित संरक्षण मंच बाणगंगाको अध्यक्षमा कुलराज भुसाल

प्रकाशित मिति:

कपिलवस्तु ।

उपभोक्ता हित संरक्षण मंच नेपाल बाणगंगा नगर समितिको अध्यक्षमा कुलराज भुसाल सर्वसम्मत चयन भएका छन् । उनी सिद्धार्थ क्याम्पस बुङचीका सहायक प्राध्यापक समेत हुन् ।

यस्तै समितिको उपाध्यक्षमा मधुसुदन पौडेल ,सचिवमा सन्तोष घिमिरे ,सहसचिवमा भगवती न्यौपाने र कोषाध्यक्षमा पशुपती गिरी चयन भएका छन् भने समितिको सदस्यहरुमा रामु पौडेल , दिपिका सुनार,, हिमराज पौडेल र मित्रलाल मरासिनी चयन भएका छन् ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नं १ का सांसद वलराम अधिकारी ,वाणगंगाका मेयर चक्रपाणी अर्याल , मंचका प्रदेश अध्यक्ष तेज कुमार पाठक , केन्द्रिय सदस्य ऋषि आजाद लगायतले निर्वाचित पदाधिकारीलाई अविर लगाएर शुभकामना दिएका थिए । कार्यक्रम जिल्ला शाखाका अध्यक्ष भेषराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार