गृहपृष्ठ खबर तिहार कसरी मनाउने सोच छ ? 

तिहार कसरी मनाउने सोच छ ? 

प्रकाशित मिति:
घर भन्दा टाढा शहर मा हुने ले गाउँ मा गएर, कोही प्रदेश मा हुनुहुन्छ भने मिले सम्म नेपाल आएर घर परिवार सँग , दिदी भाई बीच, टीका लगाएर, आपसमा प्रेम साटेर , देउसी भैलो खेलेर, यसरी नै अनि अहिले को तिहारमा झिलिमिली बत्ती बालेर ,पटाका फोरेर पनि मनाउने होला ?
आज मैले हजुरहरुलाई एउटा यस्तो तरिका को बारेमा बताउँछु जुन तरिका ले तपाईँले तिहार मनाउँदा खेरी तपाईँले बालेको कुनै पनि बत्ती ननिभोस्, झिलिमिली बत्ती पनि सधैं भारी रहिरहोस्, मनमा उमंग पनि जति बेला पनि रहिरोस्, के तपाईं यसरी तिहार मनाउन चाहनुहुन्छ ?
खासमा हामीले दसैँ तिहार देखि लिएर मनाइने हरेक चाड पर्व को आफ्नै महत्व छ, तर हाम्रो अहिले चाड मनाउने तरिका देखेर हामीले चाड मनाइरहेका जस्ता देखिन्नौं हामी त चाड पर्व मा मातिएका जस्ता देखिन्छौ ।
हामीले वर्ष भारी कमाउँछौं र केही पैसा चाड पर्वमा खर्च गर्नका लागि भनेर पनि सञ्चित गर्छौं, त्यसरी रगत पसिना एक गरेर कमाएको पैसा हामीले चाडबाडमा अपवादलाई छोडेर लगभग सबै अनावश्यक चीज मा खर्च गर्छौं, चाहे त्यो अनावश्यक लुगा फाटा किन नहोस्, अनावश्यक भोजन( जिब्रो को स्वादका लागि मात्र), जुवा तास, जाँड रक्सी विशेष गरेर यस्तै चिजमा आम मानिसको  ध्यान बढी हुन्छ चाड पर्वमा, के चाडपर्व को महत्व यति मात्र हो त ?
के हाम्रा चाडपर्व भनेको खाने नाच्ने र अपाच्य हुने गरी खाने अनि बिरामी पर्न का लागि भनेर बनाइएका हुन? यदि होइन भने हामी चाड पर्व मा अलि सभ्य भएर वास्तवमै यसको महत्व बुझेर सो अनुरूप मनाउने ?
वास्तवमा चाडपर्व भनेका हाम्रा गौरव हुन हाम्रा सम्पत्ति हुन् हामीलाई सही मार्ग देखाउन देखाउन प्रेरित गर्ने उत्सव हुन, यसमा हामीले बुझ्नुपर्ने कुरा के हो भने, हामीले दसैँ लाई लिउँ,
दसैँ हामीले असत्यमाथि सत्यको विजयको पर्व को रूपमा मनाइन्छ, उक्त दिनमा अथवा उक्त दिनको लागि मात्र भए पनि हामी सत्य आचरणमा बसे के होला? हामी त झन् उक्त दिनमा अझ बढी उग्र भै दिन्छौं, घरमा हुन्छ की साथी भाई लाई छलेर हुन्छ कि हामी कसरी हुन्छ, हामी सके सम्म आफूलाई मनोरञ्जनमा मात्र सीमित गराउन पुग्छौं जस्तै कतिपय त घरको पैसा चोरेर पनि जुवा तास मा, जाँड रक्सी मा जुको झै तल्लीन भएर लागेको देखिन्छ, सोही दिन नै अरूलाई कसरी बढी मूर्ख बनाउन सकिन्छ भन्ने  तिर बढी केन्द्रित हुन्छौं, के यही सबै चिजको लागि हुन त हाम्रा चाडपर्व हरू? पक्कै पनि होइन ।
उसो भए अब बाट हामी चाड पर्वमा केही त दैवीय बनौं न, जसरी भगवान राम ले असत्य माथि सत्यको जीत जसरी पनि हुन्छ भनेर, हामीलाई संदेश दिनु भएको छ उक्त कुरा को हामीले पालन किन नगर्ने चाडपर्व को दिन, केही उच्च कोटी को कार्य, सोच चिन्तन मनन किन नगर्ने?
मैले यहाँ भगवान को उदाहरण दिँदा उहाँको दुरुस्तै अनुकरण गर्ने भन्न खोजेको होइन हामीले उहाँको जीवनको एक प्रतिशत मात्र पनि आदर्श जीवनमा उतार्यो भने हाम्रो मन सधैं भारी हर्ष उल्लासले भरिने छ , यहाँ हामी आधुनिक नेपाली हरू त यस्तो आदर्शले भरिएको पर्व हरू मा झन् आदर्श हिन भइदिन्छौं, ।
यसपाली को चाडमा यस्तो बत्ती बाल्नुहोस् जुन बत्ती कहिल्यै ननिभोस, जसले तपाईंको मनमा भएका सबै नराम्रो अँध्यारो सधैका लागि टाढा  गर्दियोस,यस्तो पटाका पड्काउनुहोस जुन पटाका पड्काएपछि आफू भित्रको म धेरै पहिले देखि गुम्सिएर पोको परेको ईर्ष्या,द्वेष,रिस राग,घमण्ड सबै नराम्रा कुराको पोको पनि सधैं भरिका लागि पड्कियोस्, यहाँ उल्लेख गरिएका कुरा लाई जीवनमा उतार्नका लागि हामीले सत्य आचरणको पालन गर्नु पर्छ, थोरै मात्र गर्दै भएपनि प्रत्येक दिन हामीले सत्य मार्ग मा हिड्यौ भने मात्र पनि यी कुरा सम्भव छ ।
यहाँको जीवनमा तमसोमा ज्योतिर्गमय होस, र यहाँको जीवन सधैं भरिका लागि जाज्वल्यामन् होस् , सबैमा शुभकामना !!!

सम्बन्धित् समाचार