गृहपृष्ठ Featured ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न प्रयासरत छौं’

‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न प्रयासरत छौं’

बुटवल ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

बुधबार भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव उद्घाटन गर्दै मन्त्री रिजालले अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा रुपन्देहीका व्यवसायीहरु लगानी डुब्ने चिन्तामा रहेको सरकारले महसुस गरेको भन्दै पूर्ण सञ्चालनको लागि प्रयासरत रहेको बताए ।

कोरोना महामारीपछि नेपालमा मात्र नभई विश्वभरि नै अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गर्दै मन्त्री रिजालले सरकारले उद्योगी व्यवसायीका प्रमुख समस्यालाई क्रमशः सम्बोधन गरिरहेको बताए ।

‘कोरोना महामारीपछि नेपालमा मात्र नभइ संसारभरी अर्थतन्त्रमा  समस्या आएको छ,’ उनले भने, ‘तर अन्य मुलुकका उद्योगी व्यवसायीले सरकारसँग मिलेर समस्याको  सामना गर्नुपर्ने मान्यता राखे पनि नेपालमा निराशाका कुरा मात्र हुने गरेको छ, तर निराश हुनुपर्दैन ।’

‘मन्त्री रिजालले उद्योगीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै निजी क्षेत्रको अभिभावकत्व सरकारले लिने र भविष्यमा आउने समस्याको सामना गर्न सरकार साथमा रहने बताए ।

नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय यथाशीघ्र पूर्ण सञ्चालनमा ल्याउनुपर्ने बताए ।

सम्बन्धित् समाचार