गृहपृष्ठ Featured जगदीशपुर तालमा १० हजार माछाका भुरा छाडिए

जगदीशपुर तालमा १० हजार माछाका भुरा छाडिए

विश्व मत्स्यपालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा हालिएको छ।

‘जलीय जैविक विविधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौं’ भन्ने नारासहित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिवसका अवसरमा तालमा स्थानीय र विकासी जातका माछाका भुरा हालेको हो।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ, विज्ञ केन्द्रका प्रमुख डा. परवेज आलमलगायतले तालमा भुरा हालेका थिए।

तालमा कमन, सिल्भर, रहु र नैनीका भुरा अढाई हजारका दरले हालिएको विज्ञ केन्द्रका प्रमुख आलमले बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले व्यावसायिक माछापालनमा कृषकलाई आकर्षित गर्ने खालका कार्यत्रलम ल्याउनुपर्ने बताए।

उत्पादन गरेका माछाको बजारीकरणका लागि सरकारले पहल गर्नुपर्ने आचार्यले बताए। उनले भारतबाट अवैधरूपमा आयात हुने माछालाई रोक्न सीमा नाकामै कडाइ गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित् समाचार