गृहपृष्ठ Featured पालिकाको विकास गर्न व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेको छु : अध्यक्ष चौधरी

पालिकाको विकास गर्न व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेको छु : अध्यक्ष चौधरी

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले पालिकाको विकासका लागी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेको बताएका छन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठन नसक्दा पालिकामा हुनुपर्ने अत्यावश्यक विकासका काम पनि हुननसकेको उनको भनाई छ । अध्यक्ष चौधरीले विहिबार कार्यक्रम ‘वैखरी संवाद’ मा बोल्दै यस्तो बताएका हुन् ।

‘विकास र समृद्धिका लागी सबै एकजुट हुनुको विकल्प छैन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक छ, सोही अनुसार काम गरेको छु,’ उनले भने ।

उनले जनप्रतिनिधि, कर्मचारीका कारण सेवाग्राहीले सास्ती खेप्न नहुने वातावरण बनाउनुपर्ने बताए । उनले उपाध्यक्ष अहिले आफ्नो सम्पर्कमा नरहेको बताउँदै प्रमुख प्रशाकिय अधिकृतसंग नियमित संवादमा रहेको बताए ।

उनले शुद्धोधन गाउँपालिका प्रशस्त विकासको सम्भावना बोकेको पालिका भए पनि बजेट अभावका कारण विकास निर्माणका कामलाई तीब्रता दिन नसकिएको गुनासो गरे । प्रदेश र संघीय सांसदले आफ्नो पालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाई छ ।

उनले आफ्नो पाँच बर्षे कार्यकालमा शिक्षा, स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताए । गाउँपालिकामा ९५ प्रतिशत कृषकको बसोबास रहेकाले सिंचाई सहज पहुँच अहिलेको आवश्यक भएको बताए । त्यसका लागी पालिकाले मात्र गर्न नसक्ने बताउँदै उनले प्रदेश र संघ सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्ने बताए ।

उनले पालिकाको अहिलेको अवस्थालाई आफ्नो कार्यकाल भित्रै परिवर्तन गर्ने उनको दाबी छ ।

उनले शिक्षाबाट बञ्चित किशोरीहरुलाई साईकल वितरण गरेर पढाईका लागी प्रोत्साहन गरेको बताए । स्वास्थ्य सेवासुविधाको पहुँच बढाउन स्वास्थ्य चौकी निर्माणको प्रक्रिया अघि बढाउने कामको थालनी भएको उनले बताए ।

उनले आफु आफ्नो लक्ष्यमा विचलित नभई पुर्ण रुपमा केन्द्रित रहेको जिकिर गरे ।

सम्बन्धित् समाचार