गृहपृष्ठ कपिलवस्तु बिशेष ‘१४ औं कपिलवस्तु महोत्सवले राष्ट्रिय स्तरमै कपिलवस्तुको परिचय दिन्छ’

‘१४ औं कपिलवस्तु महोत्सवले राष्ट्रिय स्तरमै कपिलवस्तुको परिचय दिन्छ’

सागर वि.क., वैखरी अनलाईन ।

१४ औं कपिलवस्तु महोत्सवका निर्देशक तथा बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर रोकाहा ‘दिनेश’ ले यसपटकको महोत्सवले राष्ट्रिय स्तरमै कपिलवस्तुको परिचय दिने बताएका छन् ।

वगतदेखि नै कपिलवस्तु महोत्सव समग्र कपिलवस्तुकै पहिचानका रुपमा स्थापित हुदै आएको बताउँदै उनले भने, ‘कपिलवस्तु अथाह पर्यटकिय सम्भावनाको बोकेको जिल्लाको हो । तर सो सम्भावना अनुसार भएन्, अब राष्ट्रिय स्तरमै कपिपलवस्तुको परिचय दिन आवश्यक छ । अब यो महोत्सवले त्यो पुरा गर्छ ।’

महोत्सवले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै कपिलवस्तुको व्यवसायलाई प्रवद्र्धन गर्ने बताए । अन्य महोत्सव भन्दा यस महोत्सवलाई पृथक बनाउन आयोजक संक्रिय रुपमा लागेको उनले बताए ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले महोत्सवमा हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए ।

स्थानीय तथा घरेलु उत्पादनलाई महोत्सवले प्राथमिकता दिदै निशुल्क स्टल उपलब्ध गराउने प्रयासले सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ ।

यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुदैं छ ।

सम्बन्धित् समाचार