यही मङ्सिर १४ गतेदेखि २४ गतेसम्म हुने दोस्रो बुद्धभूमि महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा बुद्धभूमि नगरपालिका- २ गोरुसिङ्गेमा हुन लागेको बुद्धभूमि महोत्सवमा जेष्ठ नागरिकलाई निशुल्क प्रवेश देखि स्थानीय हस्तकलाका सामाग्रीलाई नि:शुल्क स्टलको व्यवस्था गरेको आयोजकले जनाएको छ।
“देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नारा सहित सञ्चालन गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका महासचिव पदम बहादुर ढकालले बताए ।
ले यस क्षेत्रको व्यापार व्यवसाय, पर्यटन र कृषिको प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वात् रहेको सङ्घका महासचिव पदम बहादुर ढकालले बताउनुभयो । ढकालले महोत्सवले स्थानीय हस्तकलाका सामाग्रीलाई प्रमोट गर्नेमा विश्वस्त गरेको बताए ।
संघले कार्यक्रममा पलाष्टिका व्याच, दोसल्लाल र मायाको चिनोमा स्थानीय सामाग्रीलाई प्रयोग गर्ने बताएको छ। व्याच, दोसल्लाल र मायाको चिनोमा स्थानिय हस्तकलाका सामाग्रीलाई प्रमोट गर्ने र स्थानीयले निर्माण गरेका हस्तकलाका सामाग्री प्रयोग गर्ने संघका अध्यक्ष लेखनाथ घर्तीले बताए ।
यस्तै जेष्ठ नागरिकका लागि भनेर महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको संघका सचिव धुर्व न्यौपानेले बताए । जेष्ठ नागरिक परिचय पत्र देखाएर जेष्ठ नागरिक सजिलै महोत्सव जान सक्ने उनले बताए ।