गृहपृष्ठ Featured रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सोमबार सार्वजनिक विदा

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सोमबार सार्वजनिक विदा

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले सोमबार भोलि सार्वजनिक विदा दिएको छ । नगरपालिको कार्तिक स्नान ‘पूर्णिमा’ नहान मेलाको अवसरमा सोमबार विदा दिने एक सुचनामार्फत जानकारी दिएको हो ।

नगरपालिकाले मेलाको अवसरमा नगरपालिका भित्रका सबै नगरकार्यपालिकाका कार्यालय, वडा कार्यालय, अतिआवश्यक सेवा बाहेकका स्वास्थ्य संस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई स्थानीय विदा रहेको जनाएको छ ।

यस्तै, नेपालीहरुको बिशेष पर्व कार्तिक शुक्ल पूर्णिमा ‘नहान मेला’ को अवसरमा सम्पुर्ण नगरवासीहरुको मनोकामना पुर्णहोस भन्ने शुभकामना ब्यक्त गर्दै नगर प्रमुख सजरुद्दिन मुसलमानले आकस्मिक सेवा वाहेक सोमबार नगरपालिका कार्यालय र मातहतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरुलाई समेत स्थानीय पर्व विदा दिईएको बताएका छन् ।

सम्बन्धित् समाचार