गृहपृष्ठ Featured बाणगंगामा मोटरसाइकल चोर्ने गिरोह संक्रिय : सचेत रहन प्रहरीको आग्रह

बाणगंगामा मोटरसाइकल चोर्ने गिरोह संक्रिय : सचेत रहन प्रहरीको आग्रह

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका क्षेत्रमा दैनिक मोटरसाईकल चोरीका घटना बढ्दो क्रममा रहेको पाइएको छ । बाणगंगाका बिभिन्न क्षेत्रमा मोटरसाइकल, स्कुटर तथा गरगहना चोरी भएका घटना दैनिक वृद्धि भएको प्रहरीले जनाएको छ ।

बाणगंगा नगरपालिकामा बिशेष गरेर पछिल्लो समय चोरले मोटरसाइकल चोर्ने गरेको पाइएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १० कोरीया चोकबाट मंसिर ५ गते लु ९१ प ६७७० नम्बरको मोटरसाइकल घरमै राखेको अवस्थामा रातको समयमा चोरी भएको छ ।

त्यस्तै मंसिर ५ गतेनै बाणगंगा नगरपालिका ११ भड्डीहवा बाट लु ६० प ३२४५ नम्बरको मोटरसाइलक घर बाहिर राखेको अवस्थामा रातको समयमा चोरी भएको छ । त्यस्तै मंसिर १० गते राती बाणगंगा नगरपालिका २ राजपुरबाट लु ९२ प ७९०३ स्कुटर चोरी भएको छ ।

यसका साथै नगरका केही स्थानबाट रातको समयमा गरगहना समेत चोरी भएको पाइएको छ ।

चोरले मोटरसाइकल चोरेर फरार भएपछि चोरलाई प्रकाउ गर्न ईलाका प्रहरी कार्यालय पिपराले सक्रियता बढाएको छ । रातको समयमा घरभित्र सुरक्षित रुपमा मोटरसाइकल राख्न र चोरबाट बच्न आवश्यक साबधानी अपनाउन समेत ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजगं रायमाझिले आग्रह गरेका छन् ।

घरबाट बाहिर जादा सामाजिक सञ्जालमा पोस्ट गर्ने जस्ता गतिविधि नगर्न प्रमुख रायमाझिले आग्रह गरे ।

सम्बन्धित् समाचार