गृहपृष्ठ कपिलवस्तु बिशेष ‘महाराजगंज नगरपालिका पञ्चवर्षीय आवधिक योजना बनाएर अघि बढ्दै छ’

‘महाराजगंज नगरपालिका पञ्चवर्षीय आवधिक योजना बनाएर अघि बढ्दै छ’

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको महाराजगंज नगरपालिका पञ्चवर्षीय आवधिक योजना बनाएर अघि बढ्दै छ । आर्थिक बर्ष २०७९÷८० देखि २०८३÷८४ सम्म लागु हुने गरी पञ्च बर्षिय आवधिक योजना बनाउँन थालिएको हो । नगरपालिकाले विभिन्न चरणमा सुझाव संकलन गर्दै आवधिक योजनाको आधार पत्र तयार पारिसकेको नगरपाकिाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्रप्रसाद चौधरीले वैखरीलाई बताए ।

नगरपालिकाका सम्भावना र चुनौतिलाई बुझेर पञ्चर्वषीय योजना बनाउन लागिएको उनले बताए । ‘पञ्चवर्षीय आवधिक योजना बनाउन कार्यविधि तयार भएर सुझाव लिने र छलफल चलाउने गरिरहेका छौं,’ उनले भने ।

सुझावमा अधिकांशले पञ्चवर्षीय आवधिक योजना समावेश गरेर बजेट बनाउँदा ख्याल गर्नुपर्ने कुरा र पालिकाले अबको बाटो कस्तो लिने भन्नेबारे बताएका उनले बताए । समृद्ध महाराजगंज खुसी नगरपालिकावासीको दिर्घकालीन सोच राखेर आवधिक योजना निर्माण गर्न लागेको उनको भनाई छ ।

पञ्चवर्षीय आवधिक योजनाले सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल हुने उनले विश्वास व्यक्त गरे । प्रमुख प्रशासकिय अधिकृत चौधरीले पञ्चवर्षीय आवधिक योजनाको काम अन्तिम चरणमा रहेको बताए ।

उनले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै दीगो पर्यटन, व्यवसायिक कृषि, सामाजिक आर्थिक पूर्वाधार विकास गरी आय र रोजगारीका माध्यमबाट नागरिकको जीवनस्तरमा गुणात्मक वृद्धि हुने बताए ।

सम्बन्धित् समाचार