गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्था कडा : सिसिटिभि क्यामेरासंगै ड्रोनले निगरानी गरिने

कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्था कडा : सिसिटिभि क्यामेरासंगै ड्रोनले निगरानी गरिने

वैखरी अनलाईन, बाणगंगा ।

१४ औं कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्था कडा हुने भएको छ । महोत्सव स्थलमा शान्ति सुरक्षा कायम गर्न ड्रोन क्यामेराबाट निगरानी राखिने शान्ति, सुरक्षा तथा स्वयंसेवक परिचालन संयोजक राजन आलेले बताएका छन् ।

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुन लागेको १४ औं कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै दर्शकहरुलाई सुरक्षित महसुस गराउन आयोजक प्रतिवद्ध रहेको उनले बताए ।

दैनिक ३५ वटा सिसिटिभि क्यामेराद्धारा प्रत्यक्ष निगरानी राखिने उनले बताए । महोेत्सव स्थलमा झण्डै एक सय जना स्वयंसेवक परिचालन गरिने उनले जानकारी दिए । महोत्सवमा हुलदंगा गर्न खोज्नेलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाईने उनले बताए । महोत्सव भित्र हुन सक्ने चोरी, झगडा जस्ता सम्भावित घटनाबारे आफुहरु चनाखो रहेको उनले बताए ।

यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो । आयोजकले विभिन्न आवश्यक समिति, उपसमितिमार्फत महोत्सवको तयारीलाई तीब्र बनाएको छ ।

सम्बन्धित् समाचार