वैखरी अनलाईन, बाणगंगा ।
तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचनबाट अध्यक्षमा गयादिन कुर्मी दिपु विजयी भएका छन् ।
केही बेर अघि मात्र सार्वजनिक भएको मतपरिणाम अनुसार कुर्मी ५०८ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी धिरज कुमार गुप्ता संजय ले ३३८ र अर्जुन चापागाईले २२१ म्त प्राप्त गरे । बुधबार भएको चुनावमा जम्मा १०८२ मत खसेको थियो ।
वरिष्ठ उपाध्यक्षमा संजय कुमार श्रीवास्तव ६७९ मतसहित विजयी भएका छन् । श्रीवास्तवका प्रतिद्धन्द्धी अनन्त भारतीले ३६० मत मात्र प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा अजय कुमार कशौधन, महासचिवमा देबेश जैसवाल,सचिवमा बासुदेव वर्मा र कोषाध्यक्षमा बृजेश भटरा विजयी भएका छन् ।
यस्तै महिला सदस्यमा प्रिति अग्रहरी विजयी भएकी छिन् ।
मतपरिणाम अनुसार सदस्यहरुमा बृज विहारी कुर्मी, पशुपति प्रसाद तेली, सुनिल कुमार गुप्त कशौधन, देवेन्द्र गुप्त र सुनिल पाठक विजयी भएका छन् ।








