गृहपृष्ठ Featured कुलमानले भने- ‘यो देशमा विकास गर्न गाह्रो छ’

कुलमानले भने- ‘यो देशमा विकास गर्न गाह्रो छ’

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विभिन्न निकायबिच समन्वय नहुने हो भने देश विकास हुन गाह्रो रहेको गुनासो पोखेका छन् । उनले समन्वयको अभावमा भूमिगत तार बिछ्याउने काम अलपत्र हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ललितपुरमा स्मार्ट सडक बत्ती उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले भने, ‘यो देशमा देश विकास हुन निकै गाह्रो छ । कोओर्डिनेसनको इस्यू यति ठुलो छ । भित्रभित्रको सडकमा अन्डरग्राउन्ड केबलिङ महँगो परियोजना हो । यो काम गर्न अप्ठ्यारो छ । तर पनि समन्वय गरेर गरौँ भन्दा पनि बर्खाभरि वहाँहरूले दिनै हुन्न । बर्खा सके पनि उहाँहरूले अहिलेसम्म दिनु भएको छैन । मेरो कन्ट्राक्टर अब काम गर्दैनौँ भनेर हिँडिसक्नुभएको छ ।’

सम्बन्धित् समाचार