गृहपृष्ठ Featured बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल निर्वाचित

बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल निर्वाचित

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल निर्वाचित भएका छन् ।

समितिको शुक्रबार सम्पन्न १७ औ बाषिक साधारणसभा तथा ९ औ अधिवेशनबाट भुसाल अध्यक्षमा निरविरोध निर्वाचित भएका हुन् । यस्तै अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा यदा क्षेत्री ‘राजकुमार’, उपाध्यक्षहरुमा कृष्ण कार्की क्षेत्री, चित्र बहादुर थापा र प्रदिप बि.सि, महासचिवमा कमल क्षेत्री, सचिवमा मदन भट्टराई, कोषाध्यक्षमा तोरन थापा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा कृष्ण प्रसाद चालिसे, राजु बस्नेत, बेदराज अधिकारी, दिपक कुमार थापा, मधु खनाल, अशोक वाग्ले, मिन बहादुर केसी, खिमलाल खनाल निर्वाचित भएका छन् । समितिको लेखा संयोजकमा नेत्र प्रसाद पौडेल निर्वाचित भएका छन् । जसको सदस्यहरुमा कमल खनाल र दिपक चन्द्र बेल्बासे रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष भुसालले यातायात व्यवसायीको हक अधिकारको पक्षमा सदैव वकालत गर्ने प्रतिवद्धता जनाएका छन् । यातायात व्यवसायीलाई काम गर्ने वातावरणमा सिर्जना गर्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार