गृहपृष्ठ कपिलवस्तु बिशेष १४ औं कपिलवस्तु महोत्सव : जेष्ठ र अपाङ्गता भएकालाई निःशुल्क प्रवेश, टिकटदर पनि घटाईयो

१४ औं कपिलवस्तु महोत्सव : जेष्ठ र अपाङ्गता भएकालाई निःशुल्क प्रवेश, टिकटदर पनि घटाईयो

बाणगंगा ।

१४ औं कपिलवस्तु महोत्सवको टिकट दर घटाईएको छ ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा यही मंसिर २१ देखि पुष १ गतेसम्म हुने उक्त महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि केही राहत होस् भन्ने उद्देश्यले विगतको महोत्सव भन्दा अहिलेको महोत्सवमा टिकट दर सस्तो बनाइएको टिकट व्यवस्थापन समितिका संयोजक प्रताप सेनले बताएका छन् ।

सेनले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको बताए । महोत्सवमा निशुल्क प्रवेशका लागि जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए पुग्ने उनले बताए ।

उनले १४ औं कपिलवस्तु महोत्सवमा प्रवेश शुल्क सर्वसाधरणका लागी ७० रुपैयाँ बाट घटाएर ६० रुपैयाँ र र विद्यार्थीहरुका लागि ५० रुपैयाँबाट घटाएर ४० रुपैयाँ गराइएको बताए । उनका अनुसार विद्यार्थीहरु अनिवार्य परिचय पत्र देखाउनुपर्ने छ ।

सम्बन्धित् समाचार