गृहपृष्ठ Featured १४ औँ कपिलवस्तु महोत्सवको उद्घाटन कांग्रेस नेता चन्द्र भण्डारीले गर्ने

१४ औँ कपिलवस्तु महोत्सवको उद्घाटन कांग्रेस नेता चन्द्र भण्डारीले गर्ने

वैखरी अनलाईन, बाणगंगा ।

१४ औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्न नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी आउने भएका छन् ।

“युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ मंसिर २१ गतेदेखि सुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता भण्डारी आउँन लागका हुन् ।

उद्घाटन गर्न भण्डारी दिउँसो साढे १२ बजे आउने कार्यक्रम रहेको महोत्सवका संयोजक समेत रहेका बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष तथा महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । यही मंसिर २१ ग्तेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

हालसम्म महोत्सवको तयारी ७० प्रतिशत पुरा भएको महोत्सवका निर्देशक तथा बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर रोकाहा ‘दिनेश’ ले बताए । महोत्सवमा डेढ लाख दर्शन भित्राउँदै करिब ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

आयोजकले विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन दिनरात काम गरेको उनले बताए ।

सम्बन्धित् समाचार