गृहपृष्ठ Featured अर्थमन्त्री महत भन्छन्- ‘नारायणगढ-बुटवल सडक विस्तार ढिलाइ हुनुमा ठेकेदार दोषी’

अर्थमन्त्री महत भन्छन्- ‘नारायणगढ-बुटवल सडक विस्तार ढिलाइ हुनुमा ठेकेदार दोषी’

नवलपरासी पूर्व ।

अर्थमन्त्री प्रकाशशरण महतले नारायणगढ-बुटवल सडक विस्तारमा ढिलाइ हुनुमा ठेकेदार दोषी भएको बताएका छन् ।

मंगलबार नवलपरासी पूर्वको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नारायणगढ-बुटवल सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारका कारण ढिलाइ भइरहेको बताएका हुन् ।

ग्लोबल टेन्डरअनुसार न्यून मूल्यमा ठेक्का सकार्ने र काम फटाफट नगर्नुमा ठेकेदार दोषी भएको अर्थमन्त्री महतको भनाइ छ । ‘पैसा दिएको छ । नियमन गर्ने निकाय पनि छ तर काम भएको छैन,’ उनले भने । यसबारेमा आफूले सरोकारवाला निकायमा जानकारी गराउने अर्थमन्त्री महतले प्रतिबद्धता जनाए । सडक विस्तारलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराउनेसमेत उनले बताए ।

फरक प्रसंगमा अर्थमन्त्री महतले संघीयताबाट पछि हट्ने प्रश्नै नआउनेसमेत बताए ।

सम्बन्धित् समाचार