गृहपृष्ठ खबर ‘महोत्सवबाट भएको बचत रकम आवश्यकताको आधारमा सामाजिक क्षेत्रमा खर्चिन्छौं’

‘महोत्सवबाट भएको बचत रकम आवश्यकताको आधारमा सामाजिक क्षेत्रमा खर्चिन्छौं’

वैखरी अनलाईन, बाणगंगा ।

१४ औं कपिलवस्तु महोत्सव अन्तर्गत गठित आर्थिक तथा लेखा व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले एक रुपैयाँ पनि आर्थिक चलखेल हुन नदिने उद्घोष गरेका छन् ।

महोत्सव संचालनका क्रममा मितव्ययीतालाई ख्याल गरि आर्थिक पारदर्शिताको पक्षलाई जोड दिने बताए । उनले विगतका महोत्सवमा हुने गरेको फजुल खर्चलाई आफुले रोकेको दाबी गरे । ‘आर्थिक विषय जटिल विषय हो । त्यसैले यसप्रति आयोजक सचेत छ । महोत्सवमा एक रुपैयाँ पनि यताउत्ति दाँयाबायाँ चलखेल हुन दिन्न्,’ उनले भने ।

महोत्सवले यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने संयोजक पाण्डेले विश्वास व्यक्त गरे । आयोजकले महोत्सवमा डेढ लाख दर्शक भित्राएर करिब ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिएको बताउँदै उनले भने, ‘महोत्सवबाट भएको बचत रकम आवश्यकताको आधारमा सामाजिक क्षेत्रमा खर्चिन्छौं ।’

१४ औँ कपिलवस्तु महोत्सवमा भएको सम्पुर्ण आर्थिक कारोबारसम्बन्धि विवरण महोत्सव सम्पन्न भए लगत्तै सार्वजनिक गरिने बताए ।

सम्बन्धित् समाचार