गृहपृष्ठ कपिलवस्तु बिशेष ‘१४ औं कपिलवस्तु महोत्सव स्थलमै प्राथमिक उपचारको व्यवस्था’

‘१४ औं कपिलवस्तु महोत्सव स्थलमै प्राथमिक उपचारको व्यवस्था’

वैखरी अनलाईन, बाणगंगा ।

१४ औं कपिलवस्तु महोत्सव अन्तर्गत गठित प्राथमिक उपचार समितिका संयोजक चन्द्रकान्त पोख्रेलले महोत्सव स्थलमै प्राथमिक उपचारको राम्रो व्यवस्था मिलाएको बताएका छन् ।

आयोजकले महोत्सवमा हुन सक्ने सम्भावित घटनालाई मध्येनजर गरि तुरुन्तै आवश्यक उपचारका लागी छुट्टै प्राथमिक उपचार कक्षको प्रबन्ध मिलाएको संयोजक पोख्रेलले जानकारी दिए । दर्शकहरुले आवश्यकताका हिसाबले प्राथमिक उपचार लिन सक्ने उनले बताए ।

उनले महोत्सव स्थलमा सम्पुर्ण दर्शकहरुलाई सहज रुपले अवलोकन गर्न सक्ने वातावरण रहेको बताउँदै अवलोकनका लागी आह्वान समेत गरे ।
उनले यस क्षेत्रका उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्धनका लागि आयोजकले विशेष प्रबन्ध मिलाएको बताए । समग्र कपिलवस्तु जिल्लाकै पहिचान झल्किने गरि महोत्सवको तयारी सम्पन्न गरिएको उनले बताए । ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त छौं,’ उनले भने ।

उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको उनको भनाई छ ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गते अर्थात भोलिदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो ।

सम्बन्धित् समाचार