सागर वि.क., वैखरी अनलाईन ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भ्रष्टाचार देशको मूल समस्या भएको बताएका छन् । भ्रष्टचारी नेतालाई सातपुस्ता सम्म पनि नछाड्ने उनले चेतावनी समेत दिए । विहिबार १४ औं कपिलवस्तु महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महोत्सव उद्घाटन गर्दै नेता भण्डारीले स्थानीय उत्पादन प्रवर्धन मेलाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । युवाहरुको उर्जालाई राष्ट्रले उचित सदुपयोग गर्न नसकेको उनको भनाई छ । उनले हरेक दिन हजारौं युवा विदेशिदाँ गाउँ नै रित्तो हुन लागेकोमा चिन्ता व्यक्त गरे । युवालाई राज्यमै काम गर्ने वातावरण सिर्जन ागर्न वर्तमान सरकार लाग्नुपर्ने बताए ।
वर्तमान संविधान कार्यान्वयनमा नेतृत्व चुकेको उनको भनाई छ । उनले १० जना नेताकै लागी देशलाई लुट्न नपाईने बताए । हरेक नेताका लागी देश पहिलो प्राथमिकतामा हुनुपर्ने बताए । ‘पार्टीको नाममा गुटको नाममा लुट्न पाईन्छ हाम्रो लागी देश पहिलो प्राथमिकतामा हुनुपर्छ । त्यसपछि हाम्रो प्रजातन्त्र दोस्रो हो, तेस्रोमा हामीलाई बोक्ने पार्टी हो तब पो देश बन्छ’ उनले भने ।
बैंक तथा वित्तीय संस्थाले ८ प्रतिशत ब्याजदरबाट बढाएर १६ प्रतिशत ब्याजदर बनाएकोमा उनले असन्तुष्टि व्यक्त गरे । उनले नेपालका हरेक पार्टीले नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।








