बाणगंगा, वैखरी अनलाईन ।
१४ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन शुक्रबार ४ हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् ।
महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवको सुरुवाती दिनमै दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे । शनिबार दर्शकहरुको चाप थप बढ्ने उनले दाबी गरे । विदाको दिनमा विगतमा पनि दर्शकहरुको अत्याधिक चाप हुने गरेको उनको भनाई छ । शुक्रबार लोकदोहोरी गायक प्रिन्स लम्साल, रमेश निर्दोश र लोक दोहोरी गायिका संगिता चितौरेले आफ्नो प्रस्तुति राखेका थिए ।
शनिबार चर्चित लोक दोहोरी गायक रामजी खाँण, चर्चित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी, गायिका अनु चौधरी, नेपाल आईडलका टप १२ प्रतियोगी अफ्सर अलीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने संयोजक खाँणले बताए । शनिबार रेस्लिङ्ग प्रतियोगितको फाईनल खेल भएको समेत उनले बताए ।
शुक्रबार भएको रेस्लिङ्गमा दर्शकमा उत्साह छाएको उनले बताए ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।







