गृहपृष्ठ Featured रोनाल्डोले २०२३ मा गरे ५०औं गोल

रोनाल्डोले २०२३ मा गरे ५०औं गोल

काठमाडौं ।

क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५०औं गोल गरेका छन् । साउदी किङ कपमा अल-नासेरले अल-शबाबलाई ५-२ ले पराजित गर्दा रोनाल्डोले यस वर्ष ५०औं गोल गरेका हुन् ।

उनले दोस्रो हाफमा टिमको लागि चौथो गोल गरेका थिए ।

रोनाल्डोले यस सिजन कूल २६ गोल गरेका छन् भने साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् ।

तीन दिनअघि रोनाल्डोले आफ्नो व्यावसायिक करियरको १२ सयौँ गोल गरेका थिए ।

सम्बन्धित् समाचार