आजको खेलमा झापालाई पराजित गर्न सके बुटवल लुम्बिनी यस सिजन दोहोरो अंक जोड्ने पहिलो टिम बन्दै शीर्ष स्थानमा पुग्नेछ ।
अन्य नतिजामा भने बुटवललाई पनि प्लेअफ पुग्न कठिन हुन सक्छ । किनभने आजको खेलपछि बुटवलको दुई खेल मात्र बाँकी रहन्छ ।
उता झापाको लागि भने आजको खेल गर या मर जस्तै अवस्थामा छ । आज बुटवललाई पराजित गरेमा झापा छैटौं स्थानमा पुग्नेछ । जितले झापाको प्लेअफ सम्भावना कायम राख्नेछ ।
तर पराजित भएमा भने झापाको प्लेअफ समीकरण निकै कठिन बन्नेछ ।