रुपन्देही ।
रुपन्देहीको कञ्चन गाउँपालिकाबाट मलामी लिएर गएको बस गैँडाकोटमा गए राती दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । देवघाट मलामी लिएर गएको लु १ ख ८८४६ नम्बरको बस भुस बोकेको ट्रकसँग ठोक्किएको हो ।
गैँडाकोटको जयश्री पुल नजिकै पश्चिम तर्फ आउँदै गरेको ना ३ ख ३८६७ नम्बरको ट्रकसँग ठोक्किएको हो ।
घाइते मध्ये १ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जना भने सामान्य उपचारपछि घर फिर्ता भएको चितवन मेडिकल कलेजले जनाएको छ।
कञ्चनबाट नेपाली कांग्रेसका नेता तथा साबिक रुद्रपुर गाविसका तत्कालीन सभापति देवी प्रसाद पौडेलको अन्त्येष्टिका लागि देवघाटतर्फ लगिएको थियो।








