वैखरी अनलाईन, बाणगंगा ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुको अध्यक्षमा पदम प्रताव सेन मनोनित भएका छन् । उनलाई संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचनले आईतबार पत्र सार्वजनिक गर्दै मनोनित गरेको जानकारी गराएका हुन् ।
‘नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान, २०७९ भाग ६ को २४ बमोजिम, तपाईलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको छु । नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रही, संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनु हुनेछ भन्ने आशा राखेको छु । साथै, विधि विधान अनुरुप कार्य गर्नु गराउनु हुनेछ । तपाईको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’ उक्त पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष सेनले आफुलाई विश्वास गरि संघको जिल्ला अध्यक्षमा मनोनित गरेकोमा आभार व्यक्त गर्दै संघलाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् ।







