गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमिमा बृह्त खेल महोत्सव सम्पन्न : राष्ट्रपति रनिङ शिल्ड ईमिलिया माविले जित्यो

बुद्धभूमिमा बृह्त खेल महोत्सव सम्पन्न : राष्ट्रपति रनिङ शिल्ड ईमिलिया माविले जित्यो

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा बृह्त खेल महोत्सव सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, नगर स्तरिय फुलवल, ब्याडमिन्टन, टाईकान्डो, कराँते लगायतका आधा दर्जन खेल भएको हो । यस बर्षको राष्ट्रपति रनिङ शिल्ड ईमिलिया माविले जितेको छ ।

११ स्वर्ण, ९ रजत र र ७ कास्य सहीत कुल २७ पदक सहीत ईमिलियाले शील्ड जितेको हो । ९ स्वर्ण, २ रजत र २ कास्य सहीत सिद्धार्थ स्मारक माबि भेलाई द्धितीय र ९ स्वर्ण, १ रजत र ४ कास्य सहीत गौतम बुद्ध उमाबि तृतीय भए । जिसंगै ईमलियाले नगद १५ हजार सहीत कप जितेको छ ।

यस्तै भेलाईले १२ र गोरुसिंगेले ८ हजार नगद प्राप्त गरेको छ । यस्तै कुल २ स्वर्ण र १ कास्य सहीत जन कल्याण माबि ईमिलियाले मेयर कप जितेको छ । गौतमबुद्ध माबि द्धितीय र सनसाईन आवासिय माबि धनकौली तृतीय भए । नगर स्तरीय फुटवल भने नगरपालिका वडा नम्बर ९ ले नै जितेको छ । सो जितसंगै वडा नम्बर ९ ले कप र नगद ३५ हजार हात पारेको छ ।

यस्तै वडा नम्बर २ द्धितीय भई २० हजार नगद र वडा नम्बर ३ तृतीय हुदै नगद १० हजार हात पारेको छ । राष्ट्रपति रनिङ शील्ड कक्षा ९ देखि १२ र मेयर कप १ देखि ८ सम्मका बिदार्थीलाई खेलाइएको थियो । नगरका कुल ३८ बिद्यालय प्रतियोगीतामा सहभागी रहेको नगरपालिकाका शिक्षा ताथ खेलकुद विकास समितिका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए । आगामी बर्ष देखि क्रिकेट समेत खेलाईने उनले बताए ।

खेलमा राष्ट्रपति भलिबल, कबड्डी,एथलेटिक्स खेल खेलाइएको थियो । बिजयी खेलाडीहरुलाई नगर प्रमुख केशव कुमार श्रेष्ठ, प्रमुख प्रशाकीय अधिकृत धुव्र प्रसाद नेपाल वडा अध्यक्ष लगायतले शील्ड प्रमाण पत्र, मेडल प्रदान गरेको थिए ।

खेल ५ दिन सम्म चलेको थियो । सो अवसरमा मेयर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रको विकासकालागि लगानी बढाउदै गएको बताए । उनले नगरपालिकाको बुढेढी खेल मैदान बनाउन डिपिआर समेत तयार गरेर अघि बढेको बताए ।

सम्बन्धित् समाचार