गृहपृष्ठ Featured लुम्बिनीमा पौने अर्बको लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभाहल प्रयोगविहीन

लुम्बिनीमा पौने अर्बको लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभाहल प्रयोगविहीन

बुटवल ।

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभा हल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि सञ्चालन कार्यविधि अझै तयार भएको छैन । परिणाम स्वरुप अहिलेसम्म उक्त हलमा जम्मा ७ वटामात्रै कार्यक्रम भएका छन् ।

दुई चरणमा गरेर झन्डै ७० करोड रुपैयाँ लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले डेढ वर्षको अवधिमा जम्मा सातवटा कार्यक्रमबाट १३ लाख ५० हजार रुपैयाँ मात्र आम्दानी गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

२०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहल उद्घाटन गरेका थिए । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार विकास कोषले अझै सम्म हल सञ्चालनको कार्यविधि निर्माण गरेको छैन ।

यस बिचमा उक्त हलमा आयोजना भएका सात वटा कार्यक्रम लुम्बिनी विकास कोषको सामान्य निर्णयका आधारमा गरिएको हो । चालु आर्थिक वर्षमा उक्त हलमा एउटा पनि कार्यक्रम भएका छैनन् ।

सम्बन्धित् समाचार