गृहपृष्ठ Featured प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : कपिलवस्तुबाट १८ जना खेलाडी छनोट

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : कपिलवस्तुबाट १८ जना खेलाडी छनोट

कपिलवस्तु ।

काठमाडौंमा आगामी माघमा हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागी कपिलवस्तुबाट १८ जना खेलाडी
छनोट भएका छन् । कपिलवस्तु जिल्ला क्रिकेट संघले तौलिहवा स्थित बुद्धपद्म माविको खेल मैदानमा बिहिबारबाट छनोट प्रक्रिया सुरू गरिएको थियो ।

खेलाडी छनोटका लागि संघका जिल्ला उपाध्यक्ष बिश्वेन्द्र सिंह रावलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरी छनोट प्रक्रिया अघि बढाइएको संघका जिल्ला अध्यक्ष प्रकाश गैरले बताए । छनौटका लागि आबेदन दिएका खेलाडीहरुलाई ४ टिम बनाई खेल खेलाइएको गैरेले बताए ।

छनौट बिहीवार र शुक्रवार गरी २ दिन भएको थियो । खेलाडीको प्रर्दशनका आधारमा कुल १४ जना खेलाडी छनौट गरिएको छ । बाँकी ४ जना भने बैकल्पीक खेलाडी समेत छनौट गरिएको छ ।

उक्त टिमले लुम्बिनी प्रादेशिक छनोटमा सहभागिता जनाउने सदस्य पदमराज श्रेष्ठले जानकारी दिए । त्यसबाट लुम्बिनी प्रदेशको टिम निर्माण गरिनेछ । उक्त टिमले माघ पहिलो साता काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छ ।

शनिबार साँझ खेलाडीहरुको नामावली प्रकाशित गर्दै संघका उपाध्यक्ष तथा छनौट समितीका संयोजक रावलले क्रिकेट खेलमा कपिलवस्तुले राम्रो प्रदर्शन गर्ने र प्रदेश स्तरीय छनोटमा समेत अधिकांश खेलाडी छनौट हुनेमा बिश्वास ब्यक्त गरे ।

यसैबीच, राज अग्रहरीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । जसको उपकप्तानीमा शिव कुँवर रहेका छन् । टोलीमा हजरत ओसामा, शिव कुमार मौर्य, रमजान अलि धुनिया, प्रतिक भट्टराई, महेश भर, रामनिवास यादव, गोविन्द थारु, मोहम्मद हुसेन गद्दी, कामरान अहमद, शमसुज्जमा खान, रघुनन्दन प्रसाद गुप्ता, इशरार फकिर रहेका छन् ।

यस्तै, स्टेण्ड बाई अर्थात बैकल्पिक खेलाडीको सूचीमा रिशब बेल्बासे, अविनाश कुमार लोध, मन्जित बेल्बासे र इरफान मुसलमान रहेका छनौट समितीका सदस्य अजय शर्माले बताए ।

सम्बन्धित् समाचार