गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमि नगरपालिकाको १४औं नगर सभा सम्पन्न

बुद्धभूमि नगरपालिकाको १४औं नगर सभा सम्पन्न

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको १४औ नगर सभा सम्पन्न भएको छ । नगरसभा आईतबार वडा नम्बर ४ बुड्ढी चोकमा अवस्थित नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

सभामा चालु आर्थिक बर्षका केही आवश्यक योजना सहितका कार्यक्रमहरु संशोधन गरिएको छ । सभामा मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाको चालु आर्थिक बर्षको ६ महिनाको प्रगति प्रतिबेदन प्रस्तुत गरका थिए ।

सो अवसरमा उनले आफ्नो पालिका लिजाको नतिजा सार्वजनिक गर्ने नेपालका ७ सय ५३ पालिका मध्ये प्रथम भएको जानकारी गराएका थिए । पालिकाको खोला नालको अधिकांस ठेक्का लागी सकेको र केही भने प्रकृयामा रहेको बताए । नगरपालिकाको राजस्व संकलन अब सफ्टबेयर सिस्टमा लगीएको बताए । सो अवसरमा उनले पालिकालाई खुशी र संबृद्ध बनाउन आफु लागी परेको बताए ।

उनले पालिकाको विकासकालागि बिभिन्न गौरवका योजना सहीत बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताए । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी खेलकुद लागायतका क्षेत्रलाई समेत प्राथमिकताकासाथ अघि बढाइएको उनले बताए ।

सो अवसरमा उप मेयर मीरा थारुले न्यायिक समितिको ६ महिनाको प्रतिबेदन प्रस्तुत गरेकी थिईन । यस आबमा आएको २२ वटा निबेदन र गत फर्छौट हुन बाकी रहेको गरी कुल ३३ मध्ये ११ वटा फर्छौट भएको छ ।

कार्यक्रममा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष संदीप कुमार पाण्डेयले २०७७/०७८ अघि दर्ता भई नविकरणका लागि चालु आर्थिक बर्षको चैत महिना सम्म सत प्रतिशत दन्ड जरिवाना छुट गरिएको छ ।

यस्तै ५ लाख सम्मका घरेलु तथा साना उद्योग कार्यालयद्धार हस्तान्तरित ५ लाख भन्दा कमका प्रभाईभेट फर्मको नविकरण शुल्क पनि नगरपालिकाले तोके अनुसार लाग्ने छ ।

निजी वन दर्ता शुल्क १ हजार नविकारण शुल्क ५ सय लाग्नेछ । यस्तै नदीजन्य पदार्थको दन्ड जरिवाना बापतको आएको रकममा १५ देखि २० प्रतिशत सहयोगी, सुरक्षा निकाय र नगर प्रहरीलाई दिईनछ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद नेपाल, वडाध्यक्ष,  कार्यपालिका सदस्य, वडा सदस्य, संचारकर्मी लगायतको सहभागीता थियो ।

सम्बन्धित् समाचार