वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- १० बिरपुरमा एउटा कृषि फर्म छ, आकाश कृषि फर्म । सोही कृषि फर्ममा रमेका छन् शिवकुमार यादव । चौविसै घण्टा जसो उनी कृषि फर्ममा नै भेटिन्छन् । स्वदेशमा रोजगारीको सम्भावना नदेखेर विदेशीने युवाका लागी उनी अहिले उदाहरणीय पात्र बनेका छन् । उनले आफ्नो फर्ममा उन्नत जातका माछा पालनदेखि गड्यौला खेतीसम्म गर्ने गर्छन् ।

‘फर्ममा उन्नत जातको माछा, गड्यौंला, हाँस, बटई, भौसी पालन, भर्मी कम्पोष्ट र गड्यौंला खेती गर्नको साथै विक्रि पनि गरिन्छ,’ उनले भने ।
उनले भर्मि कम्पोष्ट मल फर्म खोल्नुको मुख्य उद्देश्य देशमा बढ्दो मलको समस्याको साथै डि.ए.पि.तथा युरिया जस्ता मलको प्रयोगले दिन प्रतिदिन जमिन, भुमि कमजोर हुनबाट बचाउनु रहेको बताए ।

यस्तै स्वच्छ र स्वस्थ खाद्यान्न उत्पान गरि अहिले भोगिरहेको स्वास्थ्य समस्या तथा निकट भविष्यमा आउन सक्ने स्वास्थ्य समस्या, खाद्यान्न समस्या , बढदो बेरोजगारी तथा देशको आर्थिक अवस्था सुधारमा सहयोग पुर्याउनु रहेको उनको भनाई छ । उनले ६५ दिनमा ५० क्युन्टल मल उत्पादन गर्ने बताए ।

प्रतिकिलो २० रुपैयाँका दरले विक्रि गर्दै आएको उनले बताए । स्थानीय स्तरमा मलको खपत बढ्दो रहेको उनले सुनाए ।
स्थानीय स्तरमा मलको खपत बढ्दो रहेको बताउँदै उनले कृषकको उत्पादनलाई बढाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।
उनले परम्परागत कृषिलाई छाडेर व्यवसायीक कृषि गर्नुपर्ने आवश्यकता औल्याए । फर्मका अर्का संचालक महेशरत्न तुलाधरले आत्मनिर्भर बन्दै राम्रो आर्थिक आर्यआर्जन गर्दै आगामी दिनमा थप कृषि फर्मलाई विस्तार गर्ने लक्ष्य राखेका छन् । स्वदेशमै आफ्नो गाउँघरमा केही गर्ने कृषकलाई स्थानीय सरकारले बजारीकरणमा टेवा पुर्याउनुपर्ने उनको भनाई छ ।

गड्यौली मल बनाउने तरिका :-
कम्पोष्ट मल भन्नाले परापूर्व कालदेखि किसानहरुले पात पतिंगर, झारपात कुहाएर बनाउंदै आइरहेको मल बुझिन्छ । यो मल राम्ररी कुहिन धेरै समय लाग्दछ र त्यसबाट विरुवाको खाद्यतत्व विरुवालाई प्राप्त हुन पनि धेरै समय लाग्छ । साधारण कम्पोष्ट मलमा सुक्ष्म जिवाणुहरु राखेर उन्नत प्रविधिबाट गुणस्तर युक्त कम्पोष्ट मल पनि बनाउन सकिन्छ ।
यस्तो जिवाणुहरु राखेर बनाउंदा मल चाडै पाक्दछ र चाडै मल तयार हुन्छ तर उन्नत प्रविधिबाट बनाउने कम्पोष्ट मलमा प्रयोग गरिने सबै सुक्ष्म जिवाणुहरु हावा विना कार्यरत नहुने भएकाले बेलाबेलामा ती कम्पोस्ट मललार्इ पल्टार्इ राख्नु पर्ने जरुरी हुनु छ । साधारणतया किसानहरुले मललाई कमै पल्टाएको देखिन्छ जसले गर्दा कम्पोष्ट मल बनाउन राखिएको बस्तुहरु (झारपात, पात पतिंगर आदि) तल धेरै गल्छ र माथि पट्टकै गलेको हुँदैन। त्यसलै गुणस्तर युक्त प्रांगारिक मल बनाउने नयाँ प्रविधिमा हाल “गड्यौला” को प्रयोग एक हो । गड्यौलाको प्रयोग गरी तयार गरिएको कम्पोष्ट मल राम्रो गुणस्तरयुक्त र छिटो तयार हुन्छ । यसरी गड्यौला प्रयोग गरी बनाइएको कम्पोष्ट मललाई “गड्यौली मल” वा भर्मिकम्पोष्ट भनिन्छ ।
गड्यौला माटोमा बस्ने एक प्रकारको जीव हो । विभिन्न प्रकारका गड्यौला मध्ये विशेष किसिमको रातो र सानो खालको गड्यौला जसलाई आईसेनिया फोइटिडा नामांकन गरिएको छ, गड्यौली मल बनाउनमा प्रयोग गरिन्छ । ती गड्यौलाले हरिया झारपात तथा अन्य कुहिएर जाने विरुवाका अंगहरु आफ्नो खानाको रुपमा प्रयोग गर्न हुँदैन, कुहाउन राखिएका झारपातबाट उच्च कोटिका गन्ध नआउने कालो र गुणस्तरयुक्त कम्पोष्ट मल तयार हुन्छ । गड्य्यौलैला उत्पादन गर्ने तरीका गड्यौलालाई उत्पादन गर्न कुनै एउटा काठको वाकस अथवा माटोको भाँडो वा गमला वा सुखा पानी नजम्ने छहारी जमिन प्रयोग गर्न सकिन्छ । यसमा एक तह पातलो गोबर राख्ने र त्यसमाथि साना सानो गरी काटिएको हरियो घाँसपात, पराल र कागजका टुक्राहरु राखी त्यसमा गड्यौला राखिदिने । गड्यौला स्वभावले नै माटोमा बस्ने जीव भएकोले विस्तारै तल जान्छ र आफनो आसन बनाउछ । यसरी गड्यौलाको बृद्दि तथा उत्पादन गर्न प्रांगारिक पदाथर्ह रुबाट बनाइएको आसनलार्इ बेडिंग भनिन्छ । गड्यौला राखेको ४–६ हप्तामा नै प्राड्डारिक पदार्थ खाई आफ्नो संख्या बढाउ“छ ।
गड्यौंला प्रयोग गरी कम्पोष्ट मल बनाउने तरीका
कम्पोष्ट मल बनाउन राखिएको गोबर, झारपात, पराल तथा छ्वाली भिजाई हावादार ठाउमा थुप्रो बनाई राख्नुपर्छ । घरेलु फोहोर भए पानीले नभिजाई त्यतिकै थुप्रो बनाएर राख्नु पर्छ । थुप्रोमा केही दिनपछि तापक्रम ६०–६५ डिसेसम्म पुग्छ र कम्पोष्ट मल बनाउन राखिएको बस्तुहरु गलेर नरम हुन्छ र यसमा रहेका सबै अनावश्यक जिवाणुहरु र कीराहरु मर्दछन् र कम्पोष्टको थुप्रो सेलाएर जान्छ । त्यसपछि १०० वटा गड्यौला प्रति वर्ग मिटरको दरले राखेमा गड्यौलाले प्राड्डारिक पदार्थहरु खाई ४–६ हप्तामा नै त्यो संख्या बढेर ४०० वटा प्रति वर्ग मिटरमा पुग्दछन् र सोही हप्तामा नै कम्पोष्ट मल तयार गर्न सकिन्छ ।
गड्यौंला मलको गुण
गड्यौली मलमा गड्यौलाका विष्टाहरु पनि भएकोले यो मलको गुणस्तर अरु तरीकाबाट बनाएको कम्पोष्ट मलभन्दा बढी हुन्छ । विष्टाहरु एक प्रकारको ह्यूमस हो यसमा बोटविरुवालाई चाहिने घुलनशिल नाइट्रोजनतत्व एमोनियाको रुपमा र अरु घुलनशिल खाद्यतत्वहरु हुन्छन् । यसमा पाइने खाद्य तत्वहरुको मात्रा यस प्रकार छ (प्रतिशतमा) प्रांगारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटास क्यालसियम म्याग्नेसियम क्रमशः ९.३ ८.३ ४.५ १ ०.४ ०.१ यसको अलवा यो मलले बढी चिस्यान ग्रहण गरी राख्न सक्दछ ।
गडयौलाले कम्पोस्ट मल उत्पादन गर्दा ध्यान दिनु पर्ने कुराहरु
बेडिंग बनाउन प्रयोग गरिएका प्रांगारिक पदार्थहरु तह तह गरी खुकुलो पारेर राख्नु पर्दछ ।
बेडिंगको चिस्यान ५०–६० प्रतिशत हुनु पर्छ ।
हरेक दिन केही पानी छर्कनु आवश्यक हुन्छ र यसलाई सुख्खा पट्टकै राख्न हुँदैन ।
बेडिंगको तापक्रम २०–२५ डिसे हुनुपर्छ ।
बेडिंगको अम्लियपन ६–७ हुनुपर्छ । यदि बेडिंगको पि।एच छ भन्दा घटी छ भने चुन ५०० ग्राम प्रति २४ क्यु फिटका दरले प्रयोग गर्नु पर्दछ ।
बेडिंग बनाउनको लागि खाद्य पदार्थ, प्लाष्टिक, सिसा तथा धातुको टुक्रा आदि प्रयोग गर्न हुँदैन ।
गड्य्यौलैली मलको फाइदाहरु
(१) यो मलमा खाद्यतत्वहरुको मात्रा बढी हुन्छ ।
(२) साधारण तरीकाले बनाएको कम्पोष्ट मल भन्दा यो मल थोरै प्रयोग गरे पनि हुन्छ ।
(३) यो मल कालो र गन्ध नआउने हुन्छ र यसले माटोको उर्बरा शक्तिमा बृद्धि हुन्छ ।
(४) माटोमा पानी अडाउने शक्ति बढ्ने भएकोले भू–क्षय कम हुन्छ ।
(५) यो मल प्रयोग गर्दा मुख्य खाद्यतत्वहरुको साथसाथै सुक्ष्मतत्वहरु, भिटामिन, हमार्ने एन्टीबयोटिक र इन्जाइम आदि बाटे विरुवालाई उपलव्ध हुन्छ ।
(६) खेति र घरेलु फोहोर र बस्तहरुबाट यो मल बनाइने हुँदा वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्दछ ।
(७) गड्यौलालाई राम्ररी पखाली सुकाएर माछाको दानामा मिसाएर खुवाउन सकिन्छ ।
(८) गड्यौला बढी उत्पादन भएमा हाँस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ ।
यो गड्यौली मल प्रति हेक्टर १० टनको दरले सिफारिस गरिएको छ ।








