गृहपृष्ठ Featured प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कपिलवस्तुको बिजयी सुरुवात

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कपिलवस्तुको बिजयी सुरुवात

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि बिहीबारबाट रुपन्देहीको सिद्वार्थ रंगशालामा लुम्बिनी प्रदेश स्तरीय पुरुष छनोट खेल सुरु भएका छन् । प्रदेशस्तरीय छनोट अन्तर्गत रुपन्देही र कपिलवस्तुबीच भएको पहिलो खेलमा कपिलवस्तुको बिजयी सुरुवात भएको छ ।

निर्धारित ४३ ओभरको खेलमा कपिलवस्तुले टस जितेर ब्याटिङ रोजेपछि रुपन्देहीले फिल्डिङ गरेको थियो । समुह ए मा रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासी छन् । समुह बी मा भने बाँके, दाङ्ग र बर्दिया रहेका छन् । समुह ए चरणको पहिलो खेलमा कपिलवस्तुले रुपन्देहीलाई निर्धारित ओभरमा रुपन्देहीलाई ६१ रनले पराजित गरेको छ ।

आउँदो आइतबार कपिलवस्तुले नवलपरासी र सोमबार पाल्पा बिरुद्ध खेल्ने जिल्ला क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले बताए । उनले यो छनौट खेलमा बिजयी हुनु ऐतिहासिक भएको समेत बताए ।

राज अग्रहरीको कप्तानीमा रहेको कपिलवस्तुको क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै आजको खेलमा ऐतिहासिक जित हासिल गरेको गैरे बताउँछन् । उनका अनुसार छनोट खेलमा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, बांके, बर्दिया र दाङका खेलाडी सहभागी छन् ।

प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषद अध्यक्ष जयप्रकाश भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला र प्रदेश क्रिकेट संघका पदाधिकारी सहभागि भएका थिए । छनोट खेल पुष २२ गतेसम्म चल्नेछ ।

सम्बन्धित् समाचार