कपिलवस्तु ।
गत पुस ६ गते मध्यरातमा मायादेबी गाउपालिका नागरिक तथा संचारकर्मी सुरेश कुमार पाण्डेय पेटमा अधिक पीडा भए पछि कपिलवस्तु अस्पतालको ईमरजेन्सी वाडृमा पुगे । सो सयममा अस्पतालका डाक्टर खगेन्द्र चौधरीको डियुटी थियो । तर उनी त्यहा उपलब्ध नभएपछि अस्पतालका अर्का डाक्टर संजय चौधरीले पाण्डेयको चेकजाच र उपचार गरे ।
सामान्य उपचारपछि डाक्टर संजय त्यहा बाट हिडे । बिरामी पाण्डेय ईमारजेन्सी बार्डको बेडमा बसेको थिए । त्यो समयमा त्यहा अस्पतालका कोही कर्मचारी थिएनन । ईमारजेन्सीको एउटा बेडमा एउटा कुकुर मज्जाले सुतीरहेको पाण्डेयले देखे पछि फोटा खिचे । ‘ बेडमा कुकुर सुतीरहेको देखे पछि मैले ने फोटो खिचे, ’ पाण्डेयले भने ।
त्यहा उनको उपचार हुन नसके पछि अर्को दिन थप उपचारकालागि भैरहवा मेडीकल कलेज गए । त्यहाबाट उनी थप उपचारकालागि भारतको गोखरपुर गए । अलसर रोगको उपचार पछि एक हप्ता पछि उनी घर फर्के । घर फर्के पछि उनले आईतवार दिउसो बेमडा कुकुर बसेको फोटो आफनो फेस बुव बालमा राखे । तर चारै तिरबाट दबवा आउन थाले पछि आफुले सो फोटो केही घन्टा पछि नै वालबाट हटाएको बताए ।
सो फोटो देखे पछि बु्द्धभमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा जसपा नेपालका नेता संदीप कुमार पाण्डेयले अस्पतमा गंभीर लापरबाही भएको बताए । उनले ईमारजेन्सी जस्तो संबेदनशील वार्डमा कुकुर सुत्नु आफैमा लाजमर्दो कुरा भएको बताए । उनले लापरबाही गर्ने कर्मचारीलाई कारबाही गर्नु पर्ने माग गरे । उनले अस्पतालको सेवा सुबिधालाई प्रभावकारी बनाउनु पर्ने बताए । अस्पतालका मेसु बिपिन जैसवालले आफुले पनि ईमारजेन्सी बार्डडा कुकुर सुतेको कुरा सुनेको बताए ।
उनले आफु काठमाण्डौबाट भर्खर आएको र सो बिषयमा बुझने बताए । यो बिषयमा सोमवार मिटिङ गरी आवश्यक कारबाही गरिने बताए । अस्पताल बिकास समितिका अध्यक्ष शिवलाल यादवले ईमरजेन्सी बाडको बेडमा कुकुर सुत्नु खेद जनक कुरा भएको बताए । उनले लापरवाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताए ।







