गृहपृष्ठ Featured ‘संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्छ’

‘संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्छ’

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अहिलेको संविधानले सवैलाई अधिकार दिएको भन्दै अधिकार स्थापित गर्नका लागि आयोगलगायत सबै गम्भीर बन्नुपर्ने बताए ।

गणतन्त्र स्थापनापछि अधिकार स्थापीत गर्नका लागि विभिन्न आदिवासी जनजाती आयोगहरु गठन गर्नुपरेको उनले बताए । नले नामको मात्रै आयोगको अर्थ नहने बताउंदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने धारणा राखे ।

उक्त कार्यक्रममा बोल्दै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा थारु भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसँग माग गरे ।

सम्बन्धित् समाचार