गृहपृष्ठ Featured उदयपुरमा अज्ञात रोगले मर्‍याे एकैघरकाे १८ बाख्रा

उदयपुरमा अज्ञात रोगले मर्‍याे एकैघरकाे १८ बाख्रा

उदयपुर ।

अज्ञात रोगको कारण उदयपुर सदरमुकाम गाईघाटमा एकैघरका १८ माउबाख्रा एकैपटक मरेका छन् ।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन् ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठनै रित्तिनेगारी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए । मंगलबार विहान एकैपटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार आफैले पशुप्राविधिकलाई कृषकको घरमा पठाईदिएपनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ । सोमबार राती आफुले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताए ।

सम्बन्धित् समाचार