खगप्रसाद चापागाई
कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका- २ प्रहरी कार्यालय टोलको एक घरमा क्रिश्चियन धर्म प्रचार गरिरहेका दुई जनालाई कालोमोसो दलिएको छ । अबोध बालबालिकालाई झुक्याएर बाईवल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्याएको आरोप लगाउँदै महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् ।
७० जना महाकालका कार्यकर्ता र स्थानीयले प्रहरी कार्यालय नजिकैको घरमा रहेका क्रिश्चियन धर्मप्रचारक कृतिराज ढुंगाना र उनका सहयोगी मनोज कहाँरलाई कालोमोसो दलेका थिए ।
घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्दार गरेको र घटना बारे थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए ।







