गृहपृष्ठ Featured मिर्मिरे महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायणी थारु

मिर्मिरे महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायणी थारु

वैखरी अनलाईन, बाणगंगा ।

मिर्मिरे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायणी थारु चयन भएकी छिन् ।

शनिवार भएको सहकारीको १७ औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट थारुको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको हो ।

यस्तै उपाध्यक्षमा गंगा कुमारी भट्टराई, सचिवमा भगवता अधिकारी, सह सचिवमा सञ्जु आचार्य, कोषाध्यक्षमा मञ्जु बेल्वासे चयन भएकी छिन् । कार्यसमिति सदस्यहरुमा विष्णु भुषाल, कमला खत्री, निषा थारु, भावना ज्ञवाली, माया घिमिरे र सिता पन्त चयन भएकी छिन् ।

त्यस्तै लेखा समिति संयोजकमा मधु रेग्मी र सदस्यहरुमा धनमाया पुन र जमुना राना रास्कोटी चयन हुनुभएको नव निर्वाचित उपाध्यक्ष गंगा भट्टराईले जानकारी दिईन् ।

नवनिर्वाचित अध्यक्ष थारुले सहकारीलाई थप सुदृढ बनाएर लैजाने प्रतिवद्धता जनाएकी छिन् । सहकारीका आधारभूत मूल्यमान्यतालाई आत्मासाथ गरेर अघि बढ्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार