गृहपृष्ठ Featured ‘चन्द्रौटामा यातायात कार्यालयको सेवा केन्द्र संचालन गर्ने प्रतिबद्धता’

‘चन्द्रौटामा यातायात कार्यालयको सेवा केन्द्र संचालन गर्ने प्रतिबद्धता’

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा ‘रोज राणा’ लाई शिवराज नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच मेयर अजय थापा, उप(प्रमुख शिवकुमारी थारुसहितका जनप्रतिनिधिले मन्त्री राणालाई
स्वागत तथा सम्मान गरेका हुन् ।

स्वागत तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उप(प्रमुख थारुले शिवराज नगरपालिकाको विकास निर्माण कार्यमा प्रदेशले थप योजन समेटना माग गरेकी छिन् । उनले यस क्षेत्रमा युवाहरुलाई उद्येमी बनाउने कार्यक्रम लागु गर्न आग्रह गरिन् ।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले प्रदेश सभामा यस क्षेत्रमा छाडापशुचौपयाको समस्याले किसनाहरुको खेतीमा नोक्सानी ब्यवहोर्नु परेको विषय प्रदेश सभामा उठान गर्न आग्रह गरे । मेयर थापाले यस क्षेत्रका जनता यातायात कर बुझाउन जान समस्या भएको विषयलाई पनि समाधानका लागि शिवराजको चन्द्रौटामा यातायात कार्यालयको सेवा दिन सेवा केन्द्र संचालन गर्नुपर्ने बताए ।

मन्त्री राणाले यस क्षेत्रका जनतालाई कर बुझाउन बुटवल,भालुवाङ्ग र तौलीहवा अपायक भएको गुनासो आएकोले आफनो पालोमा यस क्षेत्रमा सेवा कार्यालय संचालनका लागि प्रस्ताव अगाडी बढाउने बताए । थापाले आफ्नो कार्याकालमा सेवा केन्द्र संचालनका लागि आफु प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित् समाचार