गृहपृष्ठ Featured वन विधेयक ‘२०८०’ ल्याउँदै बाणगंगा

वन विधेयक ‘२०८०’ ल्याउँदै बाणगंगा

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । सोमबार विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए ।

उनका अनुसार बैठकले १४औं नगरसभाको कार्यसुची र समय तालिका पारित गरेको छ । जसअनुसार यही पौष २५ गते ११ बजे नगरपालिकाको सभाहलमा नगरसभा हुने छ । सो नगरसभामा वन विधेयक ‘२०८०’, बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन विधेयक ‘२०८०’ पेस हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनले सो नगरसभामा खानेपानी, सरसफाई तथा स्वच्छता ऐन २०७८ लाई संशोधन गर्ने प्रस्ताव समेत पेस हुने जानकारी दिए ।

बैठकमा समसामायिक तथा सार्वजनिक महत्वका विषयमा छलफल भएको उनले बताए ।

नगरप्रवक्ता पौडेलले नगरसभाले केही मात्रामा आर्थिक बर्ष २०८०/०८१ मा अति आवश्यक निति तथा कार्यक्रमहरु संशोधन गरि बजेट समेत विनियोजन गर्ने बताए ।

सम्बन्धित् समाचार