गृहपृष्ठ Featured कपिलवस्तुसहित तराईका जिल्लामा चिसो को कारण जनजिवन कष्टकर

कपिलवस्तुसहित तराईका जिल्लामा चिसो को कारण जनजिवन कष्टकर

कपिलवस्तु ।

पुषको अन्तयतिर आईपुग्दा कपिलवस्तुसहित तराईका जिल्लामा पुन चिसो बढेको छ । पुसको १२÷१३ गतेदेखि सुरु भएको यसवर्षको चिसो बिचमा केहि दिन रोकिएपछि पुन अहिले ह्वात्तै बढेको हो ।

कपिलवस्तु सहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा अहिले बाक्लो कुहिरो लागे सङ्गै सितलहर समेत सुरु हुँदा जनजिवन कष्टकर बन्दै गएको छ । बिहानमा लागेको बाक्लो कुहिरोका कारण सवारी आवागमनमा समेत समस्या हुन थालेको छ ।

 

चिसो बढे सङ्गै चारनम्बर, पिपरा, बनगाई सहित जिल्लाका विभिन्न चोक तथा गल्लिहरुमा आगो वालेर ताप्दै गरेको मानिसका भिडभाड देखिएका छन । चिसो बढेसँगै बालवालिका र बृद्धबृद्धाहरु थप प्रभावित हुने देखिएको छ । त्यस्तै घरभित्र बन्द कोठामा हिटर बालेर सुत्दा विशेष सतर्कता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन । झ्याल, ढोका बन्द गरेर हिटर बाल्दा अक्सिजनको कमी भई मानिसको मृत्यु हन सक्नेभएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

चिसो बढेसँगै बालवालिका र वृद्धवृद्धाहरु बढि प्रभावित हुन थालेका छन । मौसममा आएको परिवर्तनसँगै जाडो बढ्दा चिसोबाट लाग्ने रोगहरु समेत सक्रिय हुन थालेकोले स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन । चिसोका कारण बालवालिका र वृद्धवृद्धा सबैभन्दा जोखिममा पर्नेगरेको डाक्टरहरुले बताएका छन ।

बालवालिकाहरुमा निमोनिया, रुघाखोकी जस्ता रोगहरु चिसोका कारण लाग्ने हुँदा बाक्ला र न्याना कपडा लगाईदिन, तातो झोलिलो पदार्थ खुवाउन, अत्यावश्यक काम बाहेक चिसोमा घरबाहिर हिडडुल गर्न नदिन स्वस्थ्यकर्मीले सुझाएका छन ।

सम्बन्धित् समाचार