गृहपृष्ठ Featured पक्राउ परेका बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी भेटियो

पक्राउ परेका बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी भेटियो

काठमाडौं ।

हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ।

सीआईबी प्रमुख किरण बज्राचार्यले केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको जानकारी दिइन् ।

लिटिल बुद्ध उपनामले परिचित बमजन मङ्गलवार साँझ पक्राउ परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको छ। बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित् समाचार