रूपन्देही ।
लुम्बिनीमा सत्ता गठबन्धन दलको बैठकले राष्ट्रियसभा निर्वाचन लक्षित समन्वय समिति गठन गरेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदेशभित्रका सबै प्रदेश सभापति/अध्यक्ष एवं प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मिलित राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको हो ।
बैठकले सबै जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख र जिल्ला नेतृत्वसँग भेटघाट गर्न माघ २ गतेबाट जिल्ला–जिल्ला जाने निर्णय गरेको संयोजक पुनले जानकारी दिए ।
लुम्बिनीमा सत्ता गठबन्धनले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।
सुवेदीलाई माओवादी र सापकोटालाई कांग्रेसले उम्मेदवार बनाएकाा छन् ।